1
मर्कूस 9:23
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
येशूले भन्नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।”
Compare
मर्कूस 9:23 ખોજ કરો
2
मर्कूस 9:24
तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”
मर्कूस 9:24 ખોજ કરો
3
मर्कूस 9:28-29
येशू भित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” उहाँले जवाफ दिनुभयो, “यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।”
मर्कूस 9:28-29 ખોજ કરો
4
मर्कूस 9:50
“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”
मर्कूस 9:50 ખોજ કરો
5
मर्कूस 9:37
“जसले यस्ता साना बालकहरूलाई मेरो नाममा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
मर्कूस 9:37 ખોજ કરો
6
मर्कूस 9:41
म तिमीहरूलाई साँच्चै भन्दछु, कसैले तिमीहरू ख्रीष्टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।
मर्कूस 9:41 ખોજ કરો
7
मर्कूस 9:42
“यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
मर्कूस 9:42 ખોજ કરો
8
मर्कूस 9:47
यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
मर्कूस 9:47 ખોજ કરો
હોમ
બાઇબલ
યોજનાઓ
વિડિઓઝ