1
मर्कूस 10:45
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”
Compare
मर्कूस 10:45 ખોજ કરો
2
मर्कूस 10:27
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्वरका लागि छैन; परमेश्वरका लागि सबै कुरा सम्भव छ।”
मर्कूस 10:27 ખોજ કરો
3
मर्कूस 10:52
येशूले भन्नुभयो, “जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।
मर्कूस 10:52 ખોજ કરો
4
मर्कूस 10:9
यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”
मर्कूस 10:9 ખોજ કરો
5
मर्कूस 10:21
येशूले त्यसलाई हेरेर प्रेम गरी भन्नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
मर्कूस 10:21 ખોજ કરો
6
मर्कूस 10:51
येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्टि पाउन चाहन्छु!”
मर्कूस 10:51 ખોજ કરો
7
मर्कूस 10:43
तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन; बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।
मर्कूस 10:43 ખોજ કરો
8
मर्कूस 10:15
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
मर्कूस 10:15 ખોજ કરો
9
मर्कूस 10:31
तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्; र धेरै जो पछिल्ला छन्, ती पहिला हुनेछन्।”
मर्कूस 10:31 ખોજ કરો
10
मर्कूस 10:6-8
तर सृष्टिको आरम्भमा परमेश्वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’ ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
मर्कूस 10:6-8 ખોજ કરો
હોમ
બાઇબલ
યોજનાઓ
વિડિઓઝ