मीकाको पुस्तक 4
4
व्यावस्था यरूशलेमबाट आउने छ
1अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर,
डाँडा चाहिँ पहाडहरूमा सर्वोच्च बनाईने छ,
अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ
अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्।
2धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्,
“आऊ हामी परमप्रभुको पहाड,
याकूबको परमेशवरको मन्दिरमा जाउँ,
र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ।
हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।”
किनभने व्यवस्था सियोनबाट,
र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
3उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ
र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ।
तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली
र भालाहरू चाहिँ हँसिया बनाउनेछन्।
जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा,
तरवार चलाउने छैनन्,
न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्।
4तर प्रत्येक मानिसहरू तिनीहरूको आ-आफ्नो दाखको बोट
र नेभाराको बोट मुनि बस्नेछन्।
कसैले तिनीहरूलाई डर देखाउने छैन।
किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरू भन्नु भएकोछ।
5सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्।
तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।
राज्य फर्काएर ल्याइन्छ
6परमप्रभु भन्नुहुन्छ,
“लङ्गडाहरूलाई म त्यसदिन जम्मा गर्नेछु,
अनि धपाईएकाहरूलाई
र तिनीहरू जसलाई मैले दण्ड दिएको थिएँ,
म भेला गर्नेछु।
7“लङ्गडाहरूलाई एउटा बेचेको भाग
र फ्याँकिएकाहरूलाई
एउटा सामर्थी जाति तुल्याउनेछु।”
तिनीहरूमाथि सियोनमा
परमप्रभुले अब देखि
सदा-सर्वदै राज्य गर्नुहुनेछ।
8अनि तिमी, हे एदेरका धरहरा,
सियोनकी छोरीको डाँडा।
पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्,
र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।
जसरि पहिला थियो।
किन यरूशलेम बेबिलोन जानै पर्छ?
9अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ?
के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्?
के तिम्रो सल्लाहकार नष्ट भयो,
र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
10हे सियोनकी छोरी,
सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ।
किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ
र मैदानमा बस्नेछौ
र माथि बाबेलमा जानेछ्यौ
र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ।
परमप्रभुले तिम्रा शत्रुको हातबाट
तिम्रो उद्धार गर्नुहुनेछ।
परमप्रभुले अन्य राज्यहरूलाई नाश गर्नुहुनेछ।
11अनि अब धेरै जातिहरू भेला भएर तिम्रो बिरूद्ध भन्नेछन्,
“त्यो अशुद्ध होस् र सियोनलाई
हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”
12तर तिनीहरूले परमप्रभुको बिचारलाई जान्दैनन्।
न त तिनीहरू उहाँको युक्तिलाई बुझ्दछन्।
किनभने उहाँले खलामा बिटाहरू जम्मागरे झैं
तिनीहरूलाई जम्मा गर्नु भएकोछ।
इस्राएलले त्यसको शत्रुहरूलाई पराजित गर्ने छ।
13“हे सियोन छोरी, उठ अनि दाईँ गर
किनभने म तिम्रा सींङहरूलाई
फलामको र तिम्रो खूरहरूलाई पीत्तलको बनाउनेछु।
तिमीले धेरै जातिहरूलाई चूर-चूर पार्नेछौ
र तिनीहरूको धन-सम्पत्ति
सारा पृथ्वीका मालिक परमप्रभुमा अर्पण गर्नेछौं।”
Currently Selected:
मीकाको पुस्तक 4: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International