हिब्रू 4
4
1हामीहरूलाई विश्राम दिन्छु भनेर परमेश्वरले गर्नुभएको प्रतिज्ञा अझै पनि छ। त्यसकारण होश राखौं र त्यस विश्राम पाउने ठाउँमा पस्न नपाउने तिमीहरूमा कोही पनि नहोस् 2किनभने पुर्खाहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्वास गरेनन्। 3#भजनसंग्रह 95:11अब हामी विश्वास गर्नेहरूचाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको त्यस विश्रामको ठाउँमा पस्नेछौं। जसो उहाँले भन्नुभयो, “यसकारण मैले रिसमा शपथ खाएर भनें, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्रामको ठाउँमा पस्न पाउनेछैनन्’!” सृष्टि गरिसक्नुभएदेखि नै परमेश्वरका सबै काम पूरा भए तापनि उहाँले यसो भन्नुभयो। 4#उत्पत्ति 2:2धर्मशास्त्रमा कुनै ठाउँमा सातौँ दिनको बारेमा यसरी भनिएको छ, “सबै कामबाट परमेश्वरले सातौँ दिनमा विश्राम लिनुभयो।” 5#भजनसंग्रह 95:11फेरि उहाँले यसबारे यसो भन्नुभएको छ, “तिनीहरू मेरो विश्राममा पस्न पाउनेछैनन्। 6उहिले सुसमाचार सुन्नेहरूचाहिँ अट्टेरी भएकाले उहाँको विश्रामको त्यो ठाउँमा पस्न पाएनन्। तब त्यहाँ अरूहरू छन्, जो त्यो विश्राम पाउने ठाउँमा पस्न पाउँछन्। 7#भजनसंग्रह 95:7,8त्यसकारण परमेश्वरले अर्को दिनलाई फेरि ‘आज’ भनेर तोक्नुभयो। अघि भनेझैँ धेरै वर्षपछि परमेश्वरले दाऊद राजालाई भन्न लाउनुभयो, “आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने मन कठोर नपार।”
8 #
व्यवस्था 31:7; यहोशू 22:4 यहोशूले इस्राएलीहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको विश्रामको ठाउँमा पुर्याएका भए उहाँले पछिबाट अर्को दिनको कुरै गर्नुहुनेथिएन। 9तर परमेश्वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्वरका मानिसहरूका निम्ति विश्राम राखिएको छ। 10#उत्पत्ति 2:2परमेश्वरले काम सक्नुभएर विश्राम लिनुभएझैँ विश्रामको ठाउँमा पस्नेहरूले पनि कामबाट विश्राम पाउनेछन्। 11त्यसो हुँदा त्यस विश्रामको ठाउँमा पस्न सक्दो कोसिस गरौं र हामी कोही पनि अविश्वासको कारणले अट्टेरी भएका मानिसहरूजस्ता छोडिनेछैनौं।
12परमेश्वरको वचन त काम गरिरहने र जिउँदो छ। यो दुईधारे तरवारभन्दा पनि धारिलो छ। यसले भित्र पुगी प्राण र आत्मालाई छुट्याइदिन्छ। जोर्नी र मज्जालाई अलग पारिदिन्छ। परमेश्वरको वचनले मानिसहरूको हृदयको विचार र चाहनालाई केलाएर जाँच गर्छ। 13परमेश्वरले देख्न नसक्ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्ला छन् र छर्लङ्गै देखिन्छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ।
येशू महान् प्रधान पूजाहारी
14यसकारण हामीले मान्दैआएको विश्वासमा अझ दरिलो भएर बसौं किनभने स्वर्गमा जानुभएका परमेश्वरका पुत्र येशू नै हाम्रा महान् प्रधान पूजाहारी हुनुहुन्छ। 15हाम्रा प्रधान पूजाहारी हाम्रो कमजोरीलाई बुझिदिन नसक्ने पूजाहारी हुनुहुन्न। हाम्रा पूजाहारी पापले फसाउने सबै कुरामा हामीजस्तै जाँचिनुभयो, तर पाप गर्नुभएन। 16त्यसो हुँदा हामीले पटक्कै डर नमानी परमेश्वरको सिंहासनअघि जाऔं। त्यहाँ खाँचो परेको बेला हामीले कृपा र अनुग्रह पाउनेछौं।
Currently Selected:
हिब्रू 4: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.