YouVersion Logo
Search Icon

हिब्रू 3

3
मोशाभन्दा येशू महान् हुनुहुन्‍छ
1त्‍यसैकारण परमेश्‍वरले बोलाउनुभएका पवित्र दाजुभाइहरू हो, राजदूत र प्रधान पूजाहारी भनेर हामीले मानेका येशूमा मन लगाओ। 2#गन्ती 12:7मोशा परमेश्‍वरका घरमा सेवाका लागि भरपर्दो भएझैँ येशू आफूलाई काममा लगाउनुहुने परमेश्‍वरको लागि भरपर्दो हुनुभयो। 3घरभन्दा घर बनाउनेको इज्‍जत ठूलो भएझैँ मोशाभन्दा येशू धेरै ठूलो इज्‍जतयोग्य हुनुहुन्‍छ। 4कुनै पनि घर कसैले न कसैले बनाएको हुन्‍छ। त्‍यस्‍तै सबै थोक बनाउनुहुनेचाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ। 5मोशा परमेश्‍वरका घरको काम गर्ने भएर भरपर्दो भए अनि पछि दिइने परमेश्‍वरको शिक्षाको साक्षी दिए। 6तर ख्रीष्‍टचाहिँ घरको अधिकार पाएको छोराजस्‍तै भरपर्दो हुनुहुन्‍छ। हाम्रो आशामाथि हामीले साहस र भरोसा कायम राख्‍यौं भने हामी परमेश्‍वरका घर हुन्‍छौं।
परमेश्‍वरका मानिसहरूले पाउने विश्राम
7 # भजनसंग्रह 95:7-11 त्‍यसो हुँदा पवित्र आत्‍माले भन्‍नुभएझैँ: “आज तिमीहरूले परमेश्‍वरका आवाज सुन्‍यौ भने 8तिमीहरूका पुर्खाले परमेश्‍वरको विरोध गरेर मन कठोर भएजस्‍तो नहोओ। तिनीहरूले मरुभूमिमा परमेश्‍वरको जाँच गरेर उहाँको विरोध गरे। 9त्‍यहाँ तिमीहरूका पुर्खाले चालीस वर्षसम्‍म मैले गरेको काम देखेर पनि पत्‍याएनन् र मलाई जाँचे। 10त्‍यसैले ती मानिसहरूसँग मलाई रिस उठ्यो र मैले भनें, ‘यी मानिसहरू कति धेरै अविश्‍वासी छन्। तिनीहरू मेरो बाटोमा हिंड्‍नै मानेनन्। 11यसैकारण मैले रिसमा शपथ खाएर भनें, “तिनीहरू मैले विश्राम दिने ठाउँमा कहिल्‍यै पस्‍न पाउनेछैनन्।” 12दाजुभाइहरू, होश राख। तिमीहरूमा कोही पनि विश्‍वास नगर्ने पापी हृदयको भएर जिउँदा परमेश्‍वरलाई नछोडोस्। 13तर धर्मशास्‍त्रमा ‘आज’ भनेको समय रहुञ्‍जेल प्रत्‍येक दिन एक-अर्कालाई हौसला देओ। नत्रता पापको छलछामले हृदय नै कठोर पारिदिन्‍छ। 14हाम्रो सुरुको भरोसामा हामी आखिरिसम्‍म दिगो रह्यौं भने हामी ख्रीष्‍टसँग साझे हकदार हुनेछौं। 15#भजनसंग्रह 95:7,8धर्मशास्‍त्रले भन्दछ, “आज तिमीहरूले परमेश्‍वरको आवाज सुन्‍यौ भने तिमीहरूका पुर्खाले परमेश्‍वरको विरोध गरेर मन कठोर भएजस्‍तो नहोओ।”
16 # गन्ती 14:1-35 कसले परमेश्‍वरको कुरा सुनेर उहाँको विरोध गर्‍यो? मोशाले मिश्रदेशबाट निकालेर ल्‍याएका मानिसहरूले नै होइन र? 17कोसँग चालीस वर्षसम्‍म परमेश्‍वर रिसाउनुभयो? मरुभूमिमा सोत्तर पारिएका तिनै पाप गर्नेहरूसँग नै हो। 18“तिनीहरू मैले दिने विश्रामको ठाउँमा पस्‍न पाउनेछैनन्,” भनी परमेश्‍वरले शपथ खानुभएको थियो। के उहाँले यो कुरा ती अट्टेरी मानिसहरूकै बारेमा भन्‍नुभएको होइन र? 19यसैले हामी देख्तछौ, विश्‍वास नगरेको कारण तिनीहरू विश्रामको ठाउँमा पस्‍न पाएनन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in