YouVersion Logo
Search Icon

भजनसंग्रह 118

118
उद्धारको निम्‍ति धन्‍यवादको भजन
1परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ,#१ इति १६:३४; २ इति ५:१३; ७:३; एज्रा ३:११; भज १००:५; १०६:१; १०७:१; १३६:१; यर ३३:११
र उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।
2इस्राएलले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”
3हारूनको वंशले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”
4परमप्रभुको भय मान्‍नेहरूले भनून्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”
5मनको वेदनामा मैले परमप्रभुलाई पुकारें,
र उहाँले मलाई जवाफ दिनुभयो,
र मलाई मुक्त गर्नुभयो।
6परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, म भयभीत हुँदिनँ,#हिब १३:६ मानिसले मलाई के गर्न सक्‍छ र?
7परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, उहाँ मेरा सहायक हुनुहुन्‍छ। म मेरा शत्रुहरूलाई विजयको दृष्‍टिले हेर्नेछु।
8परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।
9परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।
10सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
11तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
12तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
13म बलपूर्वक पछाडि घचेटिएँ र लड्‌न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
14परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्‍छ,#प्रस १५:२; यशै १२:२
र उहाँ मेरो उद्धार हुनुभएको छ।
15धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्‍जन हुन्‍छ:
“परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
16परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।”
17म मर्दिनँ, तर जीवित रहनेछु,
र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।
18परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्‍युको वशमा सुम्‍पनुभएको छैन।
19मेरो निम्‍ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्‌, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्‍यवाद चढ़ाउनेछु।
20परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्‌।
21तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्‍ति म तपाईंलाई धन्‍यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ।
22जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे#लूक २०:१७; प्रे ४:११; १ पत्र २:७#मत्ती २१:४२; मर्क १२:१०-११ त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो,
23यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ।
24आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्‍दित होऔं र रमाऔं।
25हे परमप्रभु, हामीलाई बचाउनुहोस्‌,#मत्ती २१:९; मर्क ११:९; यूह १२:१३ हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्‌।
26परमप्रभुको नाउँमा आउने धन्‍यको हो।#मत्ती २१:९; २३:३९; मर्क ११:९; लूक १३:३५; १९:३८; यूह १२:१३ परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्‍छौं।
27परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ,
र उहाँले हामीमाथि आफ्‍नो प्रकाश चम्‍कन दिनुभएको छ। हातमा स्‍याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्‍म हर्षसाथ जाओ।
28तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र म तपाईंमा धन्‍यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, र म तपाईंलाई उच्‍च पार्नेछु।
29परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ। उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in