गलाती 1:10-12
गलाती 1:10-12 NNRV
के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ। भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ।