गलाती 1
1
1पावल ख्रीष्टको एक प्रेरित, जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ, 2म र मसँग हुने सबै भाइहरूबाट, गलातियाका मण्डलीहरूलाई:
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। 4हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो। 5परमेश्वरलाई सदासर्वदा महिमा भइरहोस्। आमेन।
कुनै अरू सुसमाचार छैन
6मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ। 7वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्। 8हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्। 9हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्।
10के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।
पावलको बोलावट
11भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। 12किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ। 13यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें।#प्रे ८:३; २२:४-५; २६:९-११ 14हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ।#प्रे २२:३ 15तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई,#प्रे ९:३-६; २२:६-१०; २६:१३-१८ 16जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ, 17न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ।
18तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्ध्र दिनसम्म बसें।#प्रे ९:२६-३० 19तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ। 20परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि म जे लेख्तछु त्यो झूटो होइन। 21त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ। 22त्यतिञ्जेल यहूदियाका ख्रीष्टका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्। 23तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो, अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ।” 24तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए।
Currently Selected:
गलाती 1: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012