1
रोमी 3:23-24
नेपाली समकालीन संस्करण
किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट टाढा भएका छन्; र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबैजना सित्तैंमा धर्मी ठहराइएका छन्।
Compare
Explore रोमी 3:23-24
2
रोमी 3:22
यो पापको क्षमादान चाहिँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैले विश्वासद्वारा प्राप्त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीच कुनै भिन्नता छैन
Explore रोमी 3:22
3
रोमी 3:25-26
परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन। परमेश्वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैलाई र येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।
Explore रोमी 3:25-26
4
रोमी 3:20
यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेत चाहिँ गराउँदछ।
Explore रोमी 3:20
5
रोमी 3:10-12
यसरी लेखिएको छ: “धर्मी कोही छैन, एकजना पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एकजना पनि छैन।”
Explore रोमी 3:10-12
6
रोमी 3:28
यसकारण हामी यो मान्छौ कि, मानिस व्यवस्थाविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ।
Explore रोमी 3:28
7
रोमी 3:4
वास्तवमा होइन! परमेश्वर सत्य ठहरिनुभएको होस् र सबै मानिस झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित हुनुभएको होस्, र न्याय गर्दा विजयी हुनुभएको होस्।”
Explore रोमी 3:4
Home
Bible
Plans
Videos