1
रोमी 4:20-21
नेपाली समकालीन संस्करण
परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए। अब्राहामलाई यो पूरा निश्चयता थियो कि, परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ।
Compare
Explore रोमी 4:20-21
2
रोमी 4:17
यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्, तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।
Explore रोमी 4:17
3
रोमी 4:25
उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।
Explore रोमी 4:25
4
रोमी 4:18
आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे, र उनलाई भनिएको जस्तै, “तेरो सन्तान पनि यस्तै असंख्य हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।
Explore रोमी 4:18
5
रोमी 4:16
यसकारण प्रतिज्ञा विश्वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्चित होस्, व्यवस्था मान्नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्वास गर्नेहरूलाई पनि हो, किनकि उनी हामी सबैका पिता हुन्।
Explore रोमी 4:16
6
रोमी 4:7-8
“धन्य हुन् तिनीहरू, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्। धन्य हो त्यो मानिस, जसको पापको लेखा परमेश्वरले कहिल्यै गर्नुहुन्न।”
Explore रोमी 4:7-8
7
रोमी 4:3
धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्वरलाई विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”
Explore रोमी 4:3
Home
Bible
Plans
Videos