1
उपदेशकको पुस्तक 1:18
पवित्र बाइबल
किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ।
Compare
Explore उपदेशकको पुस्तक 1:18
2
उपदेशकको पुस्तक 1:9
शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।
Explore उपदेशकको पुस्तक 1:9
3
उपदेशकको पुस्तक 1:8
शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन। मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्। शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।
Explore उपदेशकको पुस्तक 1:8
4
उपदेशकको पुस्तक 1:2-3
उपदेशकको भनाइ छ; सबै थोक ब्यर्थैका छन् र अकारथ छ अर्थात् सब कुरा व्यार्थै छ। यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?
Explore उपदेशकको पुस्तक 1:2-3
5
उपदेशकको पुस्तक 1:14
सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।
Explore उपदेशकको पुस्तक 1:14
6
उपदेशकको पुस्तक 1:4
एउटा पिँढी आउँछ र जान्छ तर संसार चलिरहन्छ।
Explore उपदेशकको पुस्तक 1:4
7
उपदेशकको पुस्तक 1:11
धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।
Explore उपदेशकको पुस्तक 1:11
8
उपदेशकको पुस्तक 1:17
मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु।
Explore उपदेशकको पुस्तक 1:17
Home
Bible
Plans
Videos