1
उत्पत्ति 12:2-3
सरल नेपाली पवित्र बाइबल
म तँलाई धेरै छोरा-नातिहरू दिनेछु र तिनीहरू एउटा महान् जाति हुनेछन्। म तँलाई आशिष् दिनेछु र तेरो नाम खुबै चल्नेछ र तँ आशिष्को मूल बन्नेछस्। “तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई सराप दिनेलाई म सराप दिनेछु। र तँद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।”
Qhathanisa
Hlola उत्पत्ति 12:2-3
2
उत्पत्ति 12:1
परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो देश, साखा-सन्तान र बुबाको घर छोडिदे र जुन देश म तँलाई देखाउँछु, त्यहाँ जा।
Hlola उत्पत्ति 12:1
3
उत्पत्ति 12:4
अब्राम ७५ वर्ष उमेर हुँदा परमप्रभुले भन्नुभएअनुसार हारानदेखि हिँडे अनि लोत उनीसँग गए।
Hlola उत्पत्ति 12:4
4
उत्पत्ति 12:7
परमप्रभु अब्रामका अघि देखा पर्नुभयो र उनलाई भन्नुभयो, “यही देश म तेरा छोरा-नातिलाई दिँदछु।” तब अब्रामले आफूलाई दर्शन दिनुहुने परमप्रभुको लागि त्यहाँ एउटा वेदी बनाए।
Hlola उत्पत्ति 12:7
Ikhaya
IBhayibheli
Amapulani
Amavidiyo