YouVersion 標識
搜索圖示

लूका 21

21
विधवाको भेटी
1येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो। 2उहाँले एउटी गरिब विधवाले तामाका दुईओटा साना सिक्‍का चढाएकी पनि देख्नुभयो। 3अनि उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे। 4अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले ता आफ्नो गरिबीबाट आफ्नो जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।”
मन्दिरको विनाश र जगतको अन्त्यका चिन्हहरू
5त्यसपछि उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्‍वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्‍ने विषयमा चर्चा गर्दैथिए। तर येशूले भन्‍नुभयो, 6“यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
7तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलागे भन्‍ने चिन्ह के हुनेछ?”
8उहाँले जवाफ दिनुभयो: “धोखामा नपर्नलाई तिमीहरू होसियार रहो; किनकि धेरैजना मेरो नाउँमा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्‍ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग। 9जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ, तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।”
10त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। 11धेरै ठाउँहरूमा ठूला भुँइचाला, अनिकाल र माहामारीहरू आउनेछन् अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।
12“तर यी सबै हुनुभन्दा पहिले तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्‍याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ र यी सबै कुरा मेरो नाउँको कारणले गर्दा#21:12 येशूलाई पछ्याएको कारण आइपर्नेछ। 13यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ। 14तर आफ्नो बचाउका लागि के भन्‍ने भनी पहिल्यैबाट चिन्ता नलिनलाई आफ्ना मनमा निश्‍चय गर। 15किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कोही पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन। 16तिमीहरू ता तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोखामा पर्नेछौ, र तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्। 17अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्। 18तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन। 19स्थिर भई खडा रह्‍यौ भने तिमीहरूले जीवन प्राप्‍त गर्नेछौ।
20“जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्‍नेछौ। 21तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, शहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू शहरभित्र नपसून्। 22किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ। 23हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्‍ट र यस जातिमाथि क्रोध आइपर्नेछ। 24तिनीहरू तरवारले ढल्नेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। अनि गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ।
25“सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; अनि पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र घबराहटमा पर्नेछन्। 26संसारमा के आइपर्ने भन्‍ने आशङ्काले मानिसहरू डरले मूर्छा पर्नेछन्, किनकि आकाशका शक्‍तिहरू डगमगाउनेछन्#21:26 किनकि ग्रहहरूका गुरुत्वाकर्षण शक्‍ति घटेर जानेछ27त्यस बेला तिनीहरूले मानिसका पुत्रलाई शक्‍ति र महा महिमासहित बादलमा आइरहेका देख्नेछन्। 28जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्‍ति नजिक आउँदैछ।”
29उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर। 30जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। 31त्यसरी नै तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, परमेश्‍वरको राज्य नजिकै छ भनी जान।
32“म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन। 33आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।
34“होसियार बस, नत्र ता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालीपन र जीवनको फिक्रीले मन्द होला, अनि त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैं एक्‍कासि आइपर्ला। 35किनकि त्यो पृथ्वीमाथि वास गर्नेहरू सबैमाथि आइपर्नेछ। 36तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसका पुत्रको उपस्थितिमा खडा हुन सक्नका लागि सधैं जागा रहो, र प्रार्थना गर।”
37येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो, 38अनि सबै मानिसहरू उहाँको वचन सुन्‍नलाई बिहानै मन्दिरमा आउँथे।

目前選定:

लूका 21: NCV

醒目顯示

分享

複製

None

想要在所有設備上保存你的醒目顯示嗎? 註冊或登入