मत्ती 7

7
अरूको न्याय नगर
1“न्याय नगर, नत्र ता तिम्रो पनि न्याय हुनेछ। 2किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ, तिमीले जुन नापले नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
3“तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ अनि तिम्रो आफ्नै आँखाभित्र भएको मुढातर्फ चाहिँ ध्यानै दिँदैनौ? 4जबसम्म तिम्रो आँखाभित्र मुढा रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ? 5ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्न सक्छौ।
6“जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेऊ। तिमीहरूका मोती सुँगुरहरूको अघि नफाल। यदि तिमीहरूले यसो गर्‍यौ भने, तिनीहरूले ती आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्लान् र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।
प्रार्थनाको लागि प्रोत्साहन
7“माग अनि तिमीहरूलाई त्यो दिइनेछ, खोज अनि तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। 8किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
9“तिमीहरूमध्ये को होला जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला? 10अथवा माछा माग्यो भने उसलाई सर्प देला? 11यदि तिमीहरू जो दुष्‍ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने, झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई कति बढी उत्तम उपहारहरू दिनुहुनेछ। 12यसकारण हरेक कुरामा अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरू तिनीहरूबाट चाहन्छौ, किनकि व्यवस्था र अगमवक्‍ताहरूको सारांश यही हो।
साँघुरो र फराकिलो ढोका
13“साँघुरो ढोकाबाट भित्र पस। किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ: अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। 14तर जीवनमा पुर्‍याउने ढोका सानो र बाटो साँघुरो छ, अनि थोरैले मात्र त्यो भेट्टाउनेछन्।
रूख र त्यसका फलहरू
15“झूटा अगमवक्‍ताहरूदेखि होसियार बस। तिनीहरू तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। 16तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले काँडाका बोटहरूबाट अङ्गुर अनि सिउँडीको बोटबाट अञ्जीर टिप्छन्? 17यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ। 18असल रूखले खराब फल फलाउन सक्दैन, अनि एउटा खराब रूखले असल फल फलाउन सक्दैन। 19असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ, अनि आगोमा फालिनेछ। 20यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।
साँचो र झूटो चेलाहरू
21“मलाई ‘प्रभु, प्रभु,’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ। 22त्यस दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी गरेनौं, अनि तपाईंको नाउँमा भूतहरू धपाएनौं अनि शक्‍तिशाली कामहरू गरेनौं?’ 23तब म तिनीहरूलाई स्पष्‍ट रूपले भन्‍नेछु, ‘मैले कहिल्यै तिमीहरूलाई चिनेको छैनँ। हे अधर्म काम गर्नेहरूहो, मबाट दूर भइजाओ!’
बुद्धिमान् र निर्बुद्धि निर्माता
24“यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्छ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। 25अनि पानी पर्‍यो, भल आयो, अनि बतास चल्यो र त्यस घरमा बजारियो, र पनि त्यो ढलेन, किनकि त्यसको जग चट्टानमाथि थियो। 26तर हरेक जसले मेरा यी वचनहरू सुनेर ती अनुसार काम नगर्नेचाहिँ त्यो त्यस मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो। 27अनि पानी पर्‍यो, भल आयो, अनि बतास चल्यो र त्यसमा बजारियो, अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”
28येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँको शिक्षामा छक्‍क परे; 29किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैं होइन, तर अधिकार भएको व्यक्‍तिले झैं सिकाउनुहुन्थ्यो।

ప్రస్తుతం ఎంపిక చేయబడింది:

मत्ती 7: NCV

హైలైట్

షేర్ చేయి

కాపీ

None

మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి

मत्ती 7 కోసం వీడియోలు