1
मत्ती 15:18-19
नेपाली समकालीन संस्करण
तर जे कुरा मुखबाट बाहिर निस्कन्छ त्यो हृदयबाट आउँछ, अनि यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।
Primerjaj
Explore मत्ती 15:18-19
2
मत्ती 15:11
जे मानिसको मुखबाट भित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ पार्दछ।”
Explore मत्ती 15:11
3
मत्ती 15:8-9
“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढो छ। तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’ ”
Explore मत्ती 15:8-9
4
मत्ती 15:28
तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।
Explore मत्ती 15:28
5
मत्ती 15:25-27
त्यस स्त्रीले उहाँकहाँ आई र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!” उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अघि फालिदिनु उचित होइन।” त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”
Explore मत्ती 15:25-27
Home
Bible
Plans
Videos