1
उत्पत्ति 22:14
नेपाली नयाँ संशोधित संस्करण
यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।
Comparar
Explorar उत्पत्ति 22:14
2
उत्पत्ति 22:2
उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।”
Explorar उत्पत्ति 22:2
3
उत्पत्ति 22:12
उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।”
Explorar उत्पत्ति 22:12
4
उत्पत्ति 22:8
अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।
Explorar उत्पत्ति 22:8
5
उत्पत्ति 22:17-18
तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।”
Explorar उत्पत्ति 22:17-18
6
उत्पत्ति 22:1
केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।”
Explorar उत्पत्ति 22:1
7
उत्पत्ति 22:11
तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।”
Explorar उत्पत्ति 22:11
8
उत्पत्ति 22:15-16
परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु।
Explorar उत्पत्ति 22:15-16
9
उत्पत्ति 22:9
परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे।
Explorar उत्पत्ति 22:9
Início
Bíblia
Planos
Vídeos