BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 4 av 20

बप्तिस्मा भएपछि येशू निर्जन भूमिमा जानुहुन्छ र चालीस दिनसम्म केही नखाई बस्नुहुन्छ। येशू इस्राएलको चालीस वर्षे निर्जन भूमिको यात्राको पुनरावृत्ति गर्दै हुनुहुन्छ, जहाँ तिनीहरूले यहोवाको विरुद्ध गनगन र विद्रोह गरे। तर इस्राएल असफल भयो भने येशू चाहिँ सफल हुनुभयो। परीक्षा आउँदा येशूले आफ्नो ईश्वरीय क्षमतालाई आफ्नो फाइदाको लागि प्रयोग गर्न इन्कार गर्नुहुन्छ। बरु मानव पीडा हटाउन आफ्ना क्षमता प्रयोग गर्नुहुन्छ। उहाँले यी सबैको लागि यहोवामाथि भरोसा राख्नुहुन्छ अनि इस्राएल र सारा मानव जातिका असफलताहरूलाई उल्टाउने व्यक्तिको रूपमा आफूलाई प्रमाणित गर्नुहुन्छ।

यसपछि, येशू आफ्नो गृह नगर नासरत फर्कनुहुन्छ। उहाँ सभाघर जानुहुन्छ र उहाँलाई हिब्रू धर्मशास्त्रबाट पढ्न आमन्त्रित गरिन्छ। उहाँले यशैयाको पुस्तक खोल्नुहुन्छ, पढ्नुहुन्छ र यो भनेर बस्नुहुन्छ, "आज यो धर्मशास्त्र तिमीहरूको सुनुवाइमा पूरा भएको छ।" श्रोताहरू अचम्मित् हुन्छन् र आफ्नो आँखा उहाँबाट टाढा राख्न सक्दैनन्। यशैयाले भनेका उहाँ नै हुनुहुन्छ अर्थात् अभिषिक्त जन जसले गरिबहरूलाई सुसमाचार ल्याउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ र बहिष्कृतहरूलाई उनीहरूको लाजबाट छुटकारा दिनुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले आफ्नो उल्टो प्रकारको राज्यलाई स्थापना गर्नुहुनेछ, गलत कुरालाई ठीक गर्नुहुनेछ र संसारलाई फेरि ठीक बनाउनुहुनेछ।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्

• तपाईं परमेश्‍वरले दिनुभएको चिनारी र क्षमतालाई आफ्नै फाइदाको लागि प्रयोग गर्न कसरी परीक्षित हुनुभएको छ? परमेश्‍वरको वचनमा भर परेर र वचन पढेर येशूले कसरी शैतानको प्रतिरोध गर्नुभयो, विचार गर्नुहोस्। बाइबलको कुन विशेष परिच्छेदले तपाईंलाई प्रलोभनमा पर्दा परमेश्‍वरको सत्य सम्झन मदत गर्न सक्छ? ती लेख्नुहोस्।

•येशूले यशैयाको पुस्तक पूरा गर्नुभयो। यसलाई ध्यानमा राख्दै यशैया ६१ पढ्नुहोस्। तपाईं के याद गर्नुहुन्छ?

•पद २२ मा येशूको सुसमाचारप्रति भीडहरूको प्रतिक्रियालाई २९ पदमा भएको उनीहरूको प्रतिक्रियासित तुलना गर्नुहोस। येशूको सन्देशप्रति आज तपाईंको प्रतिक्रिया कस्तो हुन्छ?

•तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। आफ्नो पीडासँग पहिचान गराउनु भएकोमा र आफ्नो लाजलाई उल्टाइदिनु भएकोमा येशू तपाईंलाई धन्यवाद। यस हप्ता परीक्षाबाट बच्न उहाँसँग मदत माग्नुहोस्।

Dag 3Dag 5

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।

More