BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 19 av 20

लूकाले हामीलाई कोही महिलाहरूको विषयमा बताउँछन् जसले येशू जीवित हुनुहुँदा उहाँलाई पच्छ्याएका थिए। तिनीहरूले येशूलाई उहाँको मृत्युको दिनमा चिहानमा राखिएको देख्छन् र तिनीहरू सके सम्मको पहिलो क्षणमा नै विश्राम दिनको भोलिपल्ट सूर्योदयको समयमा येशूको चिहानमा जान्छन्। तर जब तिनीहरू त्यहाँ आइ पुगे, तिनीहरूले चिहानलाई खुला र रित्तो भेटाए। तिनीहरूले येशूको शरीर कहाँ गयो भनेर पत्ता लगाउन सक्दैनन् र अचानक दुई रहस्यमयी ज्योतिले चम्किरहेका व्यक्तित्त्वहरू, प्रकट भएर येशू जीवित हुनुहुन्छ भन्छन्। ती स्त्रीहरू छक्क पर्छन्। तिनीहरू दौडेर गइ अरू चेलाहरूलाई आफूले देखेका सबै कुरा बताए, तर तिनीहरूको खबर गफ जस्तो लाग्यो, र कसैले पनि तिनीहरूलाई पत्याएनन्।

त्यही बेला यरूशलेमको बाहिर, येशूका केही चेलाहरू शहर छोडेर इम्माउस भनिने गाउँको बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरू निस्तार चाडको समयमा के भएको थियो भनेर कुरा गर्दै हिँडिरहेका बेलामा येशू तिनीहरूको कुरामा मिसिनु हुन्छ र सँगै हिँड्न थाल्नु हुन्छ, तर अचम्म रीतिले, तिनीहरूले उहाँलाई चिन्दैनन्। येशूले कुराकानी शुरु गर्नुहुन्छ र तिनीहरू के विषयमा कुरा गर्दै थिए भनि सोध्नुहुन्छ। तिनीहरू आफ्नो हिँडाइमा रोकिन्छन्, त्यो विषयलेउनीहरूलाई दु:खी तुल्याई रहेको हुन्छ र उहाँले बितेको केही दिनहरूमा के घटिरहेको छ भन्ने कुरा उहाँलाई थाहा नभएकोमा अचम्मित् बन्छन्। तिनीहरूले उहाँलाई येशूको विषयमा कुरा गरिरहेका छौं भन्छन्, एक शक्तिशाली अगमवक्ता जसलाई तिनीहरूले इस्राएलको रक्षक भनि सोचेका थिए तर मारिनु भयो। केही स्त्रीहरूले उहाँ जीवित हुनुभएको छ भनि भन्छन् तर के कुरा पत्याउने तिनीहरूलाई थाहा छैन भनि तिनीहरू उहाँलाई सुनाउँछन्। यहूदी धर्मशास्त्रहरूले के कुरालाई अहिलेसम्म इङ्गित गरिरहेका थिए भन्ने कुरा येशूले व्याख्या गर्नुहुन्छ। इस्राएललाई एउटा त्यस्तो राजाको खाँचो थियो जो वास्तविक विद्रोहीहरू छन् उनीहरूको पक्षमा एकजना विद्रोही झैं बनेर कष्ट भोग्न र मर्न तयार हुन्छ। यो राजा आफ्नो पुनरुत्थानद्वारा प्रमाणित हुनुहुनेछ तिनीहरूलाई साँचो जीवन दिनलाई, जसले त्यसलाई ग्रहण गर्छन्। तर ती यात्रुहरूले अझै पनि त्यो बुझेनन्। तिनीहरू झन् धेरै अन्योलमा परे त्यसले येशूलाई उनीहरूसँग अधिक समय बस्न आग्रह गरे। त्यसपछि यसले त्यस्तो दृश्यमा पुऱ्याउन जहाँ लूकाले हामीलाई येशू तिनीहरूसँग खानामा सँगै बस्नु भएको कुरा उल्लेख गरेका छन्। उहाँले रोटी लिनुहुन्छ, त्यसलाई आशीर्वाद दिनुहुन्छ, भाँच्नुहुन्छ र त्यो आफ्नो मृत्यु अघिको अन्तिम भोजको जस्तै गरी तिनीहरूलाई दिनुहुन्छ। यो उहाँको टुक्रिएको शरीर, क्रूसमा उहाँको मृत्युको स्वरूप हो। जब उनीहरू भाँचिएको रोटी लिन्छन् तब तिनीहरूका आँखा खोलिन्छन् र येशूलाई चिन्छन्। यो सबै कथा येशू वास्तवमा को हुनुहुन्छ भनेर देख्न कति गाह्रो छ भन्ने बारेमा हो। एक व्यक्तिको लाजमर्दो मृत्युमा कसरी परमेश्‍वरको राजकीय शक्ति र प्रेम प्रकट हुन्छ? कसरी एक नम्र मानिस कमजोरी र आत्म-बलिदानको माध्यमबाट विश्‍वको राजा हुन सक्छ ? यो देख्न धेरै गाह्रो छ! तर यो नै लूकाको सुसमाचारको सन्देश हो। यो देख्नको लागि हाम्रो मनको परिवर्तन हुन र उल्टो प्रकारको येशूको राज्यलाई अङ्गाल्न जरुरी छ।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्

•येशूको पुनरुत्थानको दिनमा चिहानमा हुनु भएको कल्पना गर्नुहोस्। तपाईंलाई कस्तो लाग्छ? तपाईं के भन्नु र गर्नु हुने थियो होला?

•के सबै पुराना अगमवक्ताहरूले येशूलाई इङ्गित गरेको तपाईंले देख्नुभयो? के तपाईं येशू राजा हुनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? त्यस्तो हो भने, तपाईंको जीवनमा त्यस्तो विश्वास नगरेको दिनलाई विचार गर्नुहोस्। येशू वास्तवमा को हुनुहुन्छ भनेर चिन्न तपाईंलाई कुन कुराले मदत गऱ्यो? र यदि तपाईं अहिलेसम्म लूकाले दिएको येशूको जीवनको विवरणमा विश्वास गर्नुहुन्न भने, आज येशू वास्तवमा को हुनुहुन्छ भनि देख्ने र बुझ्ने आँखा केही गरी परमेश्‍वरले दिऊन् भनि प्रार्थनामा भन्नुहोस्।

•तपाईंको पढाइ र मननले तपाईंको हृदयबाट परमेश्‍वरलाई प्रार्थना गर्न प्रोत्साहन गरेको होस्। उहाँले तपाईंको कुरा सुन्नुहुन्छ।

Dag 18Dag 20

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।

More