श्रेष्ठगीत 8:6-8
मलाई तपाईंको हृदयमा एउटा छापजस्तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्तै, किनभने प्रेमचाहिँ मृत्युजस्तै प्रबल हुन्छ, यसको तृष्णा चिहानजस्तै हठी। त्यो कुनै पनि ज्वालाभन्दा पनि कड़ा दन्केको आगोझैँ दन्किन्छ। थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो। हाम्री एउटी सानी बहिनी छिन्, तिनका स्तन सानै छन्। तिनलाई विवाह गर्न कोही माग्न आए त्यस दिन हामी के गरौं?
श्रेष्ठगीत 8:6-8