YouVersion लोगो
खोज आइकन

रोमी 8:1-11

रोमी 8:1-11 - यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन। पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ। पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो, यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।
किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌। किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो। किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ। पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।
यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन। यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।

यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन। पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ। पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो, यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं। किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌। किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो। किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ। पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌। यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन। यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।

रोमी 8:1-11

रोमी 8:1-11