रोमी 10:8-11
तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात् विश्वासको वचन, जो हामी प्रचार गर्दछौं। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।”
रोमी 10:8-11