रोमी 10:12-15
किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!”
रोमी 10:12-15