YouVersion लोगो
खोज आइकन

प्रकाश 7:9-17

प्रकाश 7:9-17 - यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें। तिनीहरू उच्‍च सोरले कराए:
“सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”
अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे।
“आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद,
सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”
धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?” अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌। यसैकारण,
“तिनीहरू परमेश्‍वरका सिंहासनको सामुन्‍ने छन्,
र दिनरात उहाँको मन्‍दिरमा उहाँको सेवा गर्दछन्,
र सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍नै उपस्‍थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्,
सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन,
किनकि सिंहासनको बीचमा हुनुहुने थुमा
तिनीहरूका गोठालो हुनुहुनेछ,
र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ,
र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें। तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।” अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे। “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!” धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?” अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌। यसैकारण, “तिनीहरू परमेश्‍वरका सिंहासनको सामुन्‍ने छन्, र दिनरात उहाँको मन्‍दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍नै उपस्‍थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन, किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

प्रकाश 7:9-17

प्रकाश 7:9-17