YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 98:1-9

भजनसंग्रह 98:1-9 - परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्‍मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्‍ति उद्धारको काम गरेका छन्‌।
परमप्रभुले गर्नुभएको उद्धार स्‍वयम्‌ उहाँले प्रकट गर्नुभएको छ,
र उहाँले आफ्‍नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
इस्राएलका घरानामाथि गर्नुभएको आफ्‍नो करुणा र आफ्‍नो विश्‍वसनीयता परमप्रभुले सम्‍झनुभएको छ। हाम्रा परमेश्‍वरको उद्धार
पृथ्‍वीको हरेक कुनाले देखेको छ।
हे सारा पृथ्‍वी, आनन्‍दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर।
परमप्रभुको निम्‍ति वीणाको लय निकाल, वीणा र मधुर सुरले,
तुरही र भेड़ाको सीङले परमप्रभु महाराजाको सामुन्‍ने आनन्‍दको उद्‌घोषण गर।
समुद्र र त्‍यसमा भएका सबै प्राणीले गुञ्‍जायमान गरून्‌,
र संसार र त्‍यहाँ वास गर्ने सबैले पनि।
नदीका तरङ्गहरूले ताली बजाऊन्‌, पहाड र पर्वत आनन्‍दले एकसाथ गाऊन्‌,
तिनीहरूले परमप्रभुको सम्‍मुख गाऊन्‌। किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। उहाँले धार्मिकता र निष्‍पक्षतासाथ संसारका मानिसहरूको न्‍याय गर्नुहुनेछ।

परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्‍मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्‍ति उद्धारको काम गरेका छन्‌। परमप्रभुले गर्नुभएको उद्धार स्‍वयम्‌ उहाँले प्रकट गर्नुभएको छ, र उहाँले आफ्‍नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ। इस्राएलका घरानामाथि गर्नुभएको आफ्‍नो करुणा र आफ्‍नो विश्‍वसनीयता परमप्रभुले सम्‍झनुभएको छ। हाम्रा परमेश्‍वरको उद्धार पृथ्‍वीको हरेक कुनाले देखेको छ। हे सारा पृथ्‍वी, आनन्‍दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर। परमप्रभुको निम्‍ति वीणाको लय निकाल, वीणा र मधुर सुरले, तुरही र भेड़ाको सीङले परमप्रभु महाराजाको सामुन्‍ने आनन्‍दको उद्‌घोषण गर। समुद्र र त्‍यसमा भएका सबै प्राणीले गुञ्‍जायमान गरून्‌, र संसार र त्‍यहाँ वास गर्ने सबैले पनि। नदीका तरङ्गहरूले ताली बजाऊन्‌, पहाड र पर्वत आनन्‍दले एकसाथ गाऊन्‌, तिनीहरूले परमप्रभुको सम्‍मुख गाऊन्‌। किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। उहाँले धार्मिकता र निष्‍पक्षतासाथ संसारका मानिसहरूको न्‍याय गर्नुहुनेछ।

भजनसंग्रह 98:1-9

भजनसंग्रह 98:1-9