YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:5-11

भजनसंग्रह 68:5-11 - परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ।
एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌।
हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानिसहरूका अगिअगि निस्‍कनुभयो, जब तपाईं उजाड-स्‍थानबाट भएर अगि बढ्‌नुभयो, सेला
पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो, परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर।
हे परमेश्‍वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्‍थापन गर्नुभयो।
तपाईंका मानिसहरूले त्‍यस भूमिमा बसोबास गरे, अनि आफ्‍नो प्रशस्‍तताबाट, हे परमेश्‍वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो।
परमप्रभुले वचन बोल्‍नुभयो, अनि वचनको घोषणा गर्नेको समूह ठूलो थियो

परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ। एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌। हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानिसहरूका अगिअगि निस्‍कनुभयो, जब तपाईं उजाड-स्‍थानबाट भएर अगि बढ्‌नुभयो, सेला पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो, परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर। हे परमेश्‍वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्‍थापन गर्नुभयो। तपाईंका मानिसहरूले त्‍यस भूमिमा बसोबास गरे, अनि आफ्‍नो प्रशस्‍तताबाट, हे परमेश्‍वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो। परमप्रभुले वचन बोल्‍नुभयो, अनि वचनको घोषणा गर्नेको समूह ठूलो थियो

भजनसंग्रह 68:5-11

भजनसंग्रह 68:5-11