YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:19-35

भजनसंग्रह 68:19-35 - परमप्रभुको प्रशंसा होस्‌, हाम्रा उद्धारक परमेश्‍वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्‍छ। सेला
हाम्रा परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ,
र परमप्रभु परमेश्‍वरमा नै मृत्‍युबाट मुक्ति छ।
निश्‍चय नै परमेश्‍वरले आफ्‍ना शत्रुहरूका टाउको कुच्‍च्‍याउनुहुनेछ, ती मानिसहरूको केशले भरिएका टाउको जो आफ्‍ना पापमा लागिरहन्‍छन्‌।
परमप्रभु भन्‍नुहुन्‍छ, “म तिनीहरूलाई बाशानबाट ल्‍याउनेछु, म तिनीहरूलाई समुद्रको गहिराइबाट ल्‍याउनेछु।
यसरी तिमीहरूले आफ्‍ना खुट्टा शत्रुहरूको रगतमा चोबल्‍नेछौ,
र तिमीहरूका कुकुरका जिब्राले पनि त्‍यसमा भाग पाउनेछन्‌।”
हे परमेश्‍वर, तपाईंको शोभा-यात्रा देखिएको छ, मेरा परमेश्‍वर र महाराजाको शोभा-यात्रा पवित्रस्‍थानतिर प्रस्‍थान भइरहेको छ।
अगिअगि गायकहरू छन्‌, तिनीहरूका पछिपछि वादकहरू,
र तिनीहरूसित खैँजड़ी बजाउने कन्‍याहरू।
ठूलो सभामा परमेश्‍वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर।
सबैभन्‍दा कनिष्‍ठ बेन्‍यामीनको कुलले तिनीहरूको अगुवाइ गर्दैछ, यहूदाका शासकहरू तिनीहरूको दलमा सामेल छन्‌, जबूलूनका र नप्‍तालीका शासकहरू पनि छन्‌।
हे परमेश्‍वर, आफ्‍नो शक्ति बोलाउनुहोस्‌, अघि गर्नुभएजस्‍तै, हे परमेश्‍वर, आफ्‍नो शक्ति हामीलाई देखाउनुहोस्‌।
यरूशलेममा तपाईंका मन्‍दिरको खातिर राजाहरूले तपाईंको निम्‍ति भेटी ल्‍याउनेछन्‌।
नर्कटहरूका बीचमा रहने पशुलाई हप्‍काउनुहोस्‌, जाति-जातिका बाछाहरूका बीचमा साँढ़ेको झुण्‍डलाई डाँट्‌नुहोस्‌। पराजित भएपछि, यिनले चाँदीका टुक्राहरू ल्‍याऊन्‌। लड़ाइँमा खुशी हुने जातिलाई छरपष्‍ट पारिदिनुहोस्‌।
मिश्रदेशबाट राजदूतहरू आउनेछन्‌, कूशले आफैलाई परमेश्‍वरमा समर्पण गर्नेछ।
हे पृथ्‍वीका राज्‍य हो, परमेश्‍वरको स्‍तुतिगान गर, परमप्रभुका प्रशंसाको स्‍तुति गाओ— सेला
उहाँ, जो प्राचीन स्‍वर्गमा सवार हुनुहुन्‍छ, जो आफ्‍नो शक्तिशाली आवाजसित गर्जनुहुन्‍छ।
परमेश्‍वरको सामर्थ्‍यको घोषणा गर, जसको प्रताप इस्राएलमा छाएको छ, जसको शक्ति आकाशमा छ।
हे परमेश्‍वर, आफ्‍नो पवित्रस्‍थानमा तपाईं भययोग्‍य हुनुहुन्‍छ। इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शक्ति र बल दिनुहुन्‍छ। परमेश्‍वरको प्रशंसा होस्‌।

परमप्रभुको प्रशंसा होस्‌, हाम्रा उद्धारक परमेश्‍वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्‍छ। सेला हाम्रा परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ, र परमप्रभु परमेश्‍वरमा नै मृत्‍युबाट मुक्ति छ। निश्‍चय नै परमेश्‍वरले आफ्‍ना शत्रुहरूका टाउको कुच्‍च्‍याउनुहुनेछ, ती मानिसहरूको केशले भरिएका टाउको जो आफ्‍ना पापमा लागिरहन्‍छन्‌। परमप्रभु भन्‍नुहुन्‍छ, “म तिनीहरूलाई बाशानबाट ल्‍याउनेछु, म तिनीहरूलाई समुद्रको गहिराइबाट ल्‍याउनेछु। यसरी तिमीहरूले आफ्‍ना खुट्टा शत्रुहरूको रगतमा चोबल्‍नेछौ, र तिमीहरूका कुकुरका जिब्राले पनि त्‍यसमा भाग पाउनेछन्‌।” हे परमेश्‍वर, तपाईंको शोभा-यात्रा देखिएको छ, मेरा परमेश्‍वर र महाराजाको शोभा-यात्रा पवित्रस्‍थानतिर प्रस्‍थान भइरहेको छ। अगिअगि गायकहरू छन्‌, तिनीहरूका पछिपछि वादकहरू, र तिनीहरूसित खैँजड़ी बजाउने कन्‍याहरू। ठूलो सभामा परमेश्‍वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर। सबैभन्‍दा कनिष्‍ठ बेन्‍यामीनको कुलले तिनीहरूको अगुवाइ गर्दैछ, यहूदाका शासकहरू तिनीहरूको दलमा सामेल छन्‌, जबूलूनका र नप्‍तालीका शासकहरू पनि छन्‌। हे परमेश्‍वर, आफ्‍नो शक्ति बोलाउनुहोस्‌, अघि गर्नुभएजस्‍तै, हे परमेश्‍वर, आफ्‍नो शक्ति हामीलाई देखाउनुहोस्‌। यरूशलेममा तपाईंका मन्‍दिरको खातिर राजाहरूले तपाईंको निम्‍ति भेटी ल्‍याउनेछन्‌। नर्कटहरूका बीचमा रहने पशुलाई हप्‍काउनुहोस्‌, जाति-जातिका बाछाहरूका बीचमा साँढ़ेको झुण्‍डलाई डाँट्‌नुहोस्‌। पराजित भएपछि, यिनले चाँदीका टुक्राहरू ल्‍याऊन्‌। लड़ाइँमा खुशी हुने जातिलाई छरपष्‍ट पारिदिनुहोस्‌। मिश्रदेशबाट राजदूतहरू आउनेछन्‌, कूशले आफैलाई परमेश्‍वरमा समर्पण गर्नेछ। हे पृथ्‍वीका राज्‍य हो, परमेश्‍वरको स्‍तुतिगान गर, परमप्रभुका प्रशंसाको स्‍तुति गाओ— सेला उहाँ, जो प्राचीन स्‍वर्गमा सवार हुनुहुन्‍छ, जो आफ्‍नो शक्तिशाली आवाजसित गर्जनुहुन्‍छ। परमेश्‍वरको सामर्थ्‍यको घोषणा गर, जसको प्रताप इस्राएलमा छाएको छ, जसको शक्ति आकाशमा छ। हे परमेश्‍वर, आफ्‍नो पवित्रस्‍थानमा तपाईं भययोग्‍य हुनुहुन्‍छ। इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शक्ति र बल दिनुहुन्‍छ। परमेश्‍वरको प्रशंसा होस्‌।

भजनसंग्रह 68:19-35

भजनसंग्रह 68:19-35