YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:8-18

भजनसंग्रह 34:8-18 - परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।
हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।
जवान सिंहहरू कमजोर होलान्‌, र तिनीहरू भोकाउँछन्‌, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।
आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु।
तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ,
र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने—
आफ्‍नो जिब्रोलाई खराबीबाट
र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।
खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग।
परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ,
र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ।
परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ।
जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ,
र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।
चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ,
र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।

परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो। हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर होलान्‌, र तिनीहरू भोकाउँछन्‌, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु। तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने— आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख। खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग। परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ। परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।

भजनसंग्रह 34:8-18

भजनसंग्रह 34:8-18