परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ,
र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु।
परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ,
र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ।