यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान!
भय मानेर परमप्रभुको सेवा गर,
र कम्पनसाथ आनन्द मनाओ।
पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्।