YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 19:1-11

भजनसंग्रह 19:1-11 - आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ।
र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ।
हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्‌,
र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्‌।
कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ।
ऊ विवाह-मण्‍डपबाट निस्‍केको दुलहाजस्‍तै छ, एक जना विजेताझैँ, जो आफ्‍नो दौड दौड्‌नमा हर्षित हुन्‍छ।
आकाशको एक छेउमा उसको उदय हुन्‍छ,
र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन।
परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने।
परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने।
परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌।
सुनभन्‍दा पनि ती बढ़ी चाहना गर्ने योग्‍य छन्‌, निखुर सुनभन्‍दा पनि ज्‍यादै बढ़ी, चाकाबाट टप्‍कने महभन्‍दा बढ़ी गुलिया।
तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्‍नेछ।

आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्‌, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्‌। कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन। तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ। ऊ विवाह-मण्‍डपबाट निस्‍केको दुलहाजस्‍तै छ, एक जना विजेताझैँ, जो आफ्‍नो दौड दौड्‌नमा हर्षित हुन्‍छ। आकाशको एक छेउमा उसको उदय हुन्‍छ, र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन। परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने। परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने। परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌। सुनभन्‍दा पनि ती बढ़ी चाहना गर्ने योग्‍य छन्‌, निखुर सुनभन्‍दा पनि ज्‍यादै बढ़ी, चाकाबाट टप्‍कने महभन्‍दा बढ़ी गुलिया। तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्‍नेछ।

भजनसंग्रह 19:1-11

भजनसंग्रह 19:1-11