भजनसंग्रह 16:7-9
मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्नेछैनँ। यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित रहन्छ।
भजनसंग्रह 16:7-9