YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 143:7-12

भजनसंग्रह 143:7-12 - हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्‌, मेरो आत्‍मा शिथिल हुन्‍छ। आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌ नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु।
प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्‍याओस्‌, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्‌नुपर्ने हो त्‍यो मलाई सिकाउनुहोस्‌, किनकि मेरो आत्‍मा म तपाईंतिर उचाल्‍दछु।
हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्‌, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु।
तपाईंको इच्‍छा पूर्ण गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका भलो आत्‍माले मलाई सोझो बाटोमा डोर्‍याऊन्‌।
हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्‌। तपाईंको धार्मिकतामा मलाई विपद्‌बाट मुक्त गरिदिनुहोस्‌।
तपाईंको अचूक कृपामा मेरा शत्रुहरूलाई सर्वनाश पार्नुहोस्‌,
र मेरा सबै शत्रुहरूलाई नाश गरिदिनुहोस्‌, किनकि म तपाईंको दास हुँ।

हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्‌, मेरो आत्‍मा शिथिल हुन्‍छ। आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌ नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु। प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्‍याओस्‌, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्‌नुपर्ने हो त्‍यो मलाई सिकाउनुहोस्‌, किनकि मेरो आत्‍मा म तपाईंतिर उचाल्‍दछु। हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्‌, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु। तपाईंको इच्‍छा पूर्ण गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका भलो आत्‍माले मलाई सोझो बाटोमा डोर्‍याऊन्‌। हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्‌। तपाईंको धार्मिकतामा मलाई विपद्‌बाट मुक्त गरिदिनुहोस्‌। तपाईंको अचूक कृपामा मेरा शत्रुहरूलाई सर्वनाश पार्नुहोस्‌, र मेरा सबै शत्रुहरूलाई नाश गरिदिनुहोस्‌, किनकि म तपाईंको दास हुँ।

भजनसंग्रह 143:7-12

भजनसंग्रह 143:7-12