YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:13-19

भजनसंग्रह 139:13-19 - किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌,
र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो।
त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ!
तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु।
हे परमेश्‍वर, दुष्‍टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ!

किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो। म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु। जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ! तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु। हे परमेश्‍वर, दुष्‍टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ!

भजनसंग्रह 139:13-19

भजनसंग्रह 139:13-19