भजनसंग्रह 116:1-6
परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्नुभयो, करुणाको निम्ति मेरो पुकार सुन्नुभयो। उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु। मृत्युको बन्धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्यो। दु:ख र शोकले मलाई छोप्यो। तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्।” परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ। परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
भजनसंग्रह 116:1-6