YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:2-11

फिलिप्पी 2:2-11 - तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर। स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान। तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
परमेश्‍वरको स्‍वरूपमा भएर पनि
उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
तर आफैलाई रित्त्याईकन
कमाराको रूप धारण गरेर,
तथा मनुष्‍य भएर जन्‍मनुभयो।
स्‍वरूपमा मानिसजस्‍तै भएर
आफैलाई होच्‍याउनुभयो,
र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।
त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो,
र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो,
जो हरेक नाउँभन्‍दा उच्‍च छ,
कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले
येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति
येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर। स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान। तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो। परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो। स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो। त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ, कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

फिलिप्पी 2:2-11

फिलिप्पी 2:2-11