YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:12-18

फिलिप्पी 2:12-18 - यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।
गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ। जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ। यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। त्‍यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।

यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ। गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ। जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ। यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। त्‍यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।

फिलिप्पी 2:12-18

फिलिप्पी 2:12-18