मीका 7:6-8
किनकि छोराले आफ्नो बुबाको अपमान गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्दछे, बुहारी आफ्नी सासूको विरुद्धमा। मानिसका दुश्मनहरू आफ्नै घरका मानिसहरू हुन्छन्। तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्तुष्ट नहो। म लड़े तापनि उठिहाल्नेछु। म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ।
मीका 7:6-8