मत्ती 7:16-20
तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र? त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ। असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ।
मत्ती 7:16-20