YouVersion लोगो
खोज आइकन

मत्ती 6:5-9

मत्ती 6:5-9 - “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌। यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर:
‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ,
तपाईंको नाउँ पवित्र होस्‌।

“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌। यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ। “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।

मत्ती 6:5-9

मत्ती 6:5-9