मत्ती 18:12-15
“तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्केर गयो भने, उसले उनान्सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जाँदैन र? यदि उसले त्यसलाई भेट्टायो भने, साँच्चै म तिमीहरूलाई भन्दछु, ती भड्केर नजाने उनान्सयभन्दा त्यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ। यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट नहोस्। “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो।
मत्ती 18:12-15