मलाकी 3:1-2
“हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्। तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्तै हुनुहुनेछ।
मलाकी 3:1-2