तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।