YouVersion लोगो
खोज आइकन

योएल 2:12-17

योएल 2:12-17 - परमप्रभु घोषणा गर्नुहुन्‍छ, “अहिले पनि तिमीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”
आफ्‍नो लुगा होइन, तर आफ्‍नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्‍वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्‍छ, र विपत्ति ल्‍याउनुहुँदा उहाँ दु:खित हुनुहुन्‍छ। कसले जान्‍दछ, कतै दु:खित भएर उहाँले आफ्‍नो मन बदली आशिष्‌ दिनुहुन्‍छ— परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरूले चढ़ाउने अन्‍नबलि र अर्घ-बलिहरू।
सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्‍मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्‍नो कोठाबाट र दुलही आफ्‍नो भित्री कोठाबाट निस्‍कून्‌।
परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्‍दिरको दलान र वेदीका बीचमा रोऊन्‌। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्‍नो प्रजालाई बाँकी राख्‍नुहोस्‌। आफ्‍नो उत्तराधिकारीलाई गिल्‍लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्‍द हुन नदिनुहोस्‌। ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्‌ त?’ भनी अन्‍यजातिहरूले किन भन्‍न पाऊन्‌?”

परमप्रभु घोषणा गर्नुहुन्‍छ, “अहिले पनि तिमीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।” आफ्‍नो लुगा होइन, तर आफ्‍नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्‍वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्‍छ, र विपत्ति ल्‍याउनुहुँदा उहाँ दु:खित हुनुहुन्‍छ। कसले जान्‍दछ, कतै दु:खित भएर उहाँले आफ्‍नो मन बदली आशिष्‌ दिनुहुन्‍छ— परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरूले चढ़ाउने अन्‍नबलि र अर्घ-बलिहरू। सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्‍मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्‍नो कोठाबाट र दुलही आफ्‍नो भित्री कोठाबाट निस्‍कून्‌। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्‍दिरको दलान र वेदीका बीचमा रोऊन्‌। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्‍नो प्रजालाई बाँकी राख्‍नुहोस्‌। आफ्‍नो उत्तराधिकारीलाई गिल्‍लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्‍द हुन नदिनुहोस्‌। ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्‌ त?’ भनी अन्‍यजातिहरूले किन भन्‍न पाऊन्‌?”

योएल 2:12-17

योएल 2:12-17