YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 10:10-15

यूहन्‍ना 10:10-15 - “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ। म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ। भाडाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र ब्‍वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्‍छ, र तितरबितर पारिदिन्‍छ। त्‍यो भाग्‍छ, किनभने त्‍यो भाडाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन।
“म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्‍छन्‌। जसरी पिताले मलाई चिन्‍नुहुन्‍छ, म पितालाई चिन्‍छु, अनि म भेड़ाहरूका लागि आफ्‍नो प्राण अर्पण दिन्‍छु।

“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ। म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ। भाडाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र ब्‍वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्‍छ, र तितरबितर पारिदिन्‍छ। त्‍यो भाग्‍छ, किनभने त्‍यो भाडाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन। “म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्‍छन्‌। जसरी पिताले मलाई चिन्‍नुहुन्‍छ, म पितालाई चिन्‍छु, अनि म भेड़ाहरूका लागि आफ्‍नो प्राण अर्पण दिन्‍छु।

यूहन्‍ना 10:10-15

यूहन्‍ना 10:10-15