यर्मिया 17:10-17
“हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।” आफूले नपारेका अण्डा ओथ्रने तित्रोजस्तै त्यो मानिस हो, जसले अन्यायसित धन कमाउँछ। त्यसको जीवनकालको आधा समयमा नै त्यस धनले त्यसलाई छोड्नेछ, र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्नेछ। सुरुदेखि नै गौरवमा स्थापित भएको महिमित सिंहासन हाम्रो शरणस्थान हो। हे परमप्रभु, इस्राएलको आशा, तपाईंलाई त्याग्नेहरू सबै लाजमा पारिनेछन्। तपाईंदेखि तर्किजानेहरू सबै धूलोमा लेखिएका नाउँहरूजस्ता मात्रै हुनेछन्, किनभने तिनीहरूले परमप्रभु, जीवित पानीको मूललाई त्यागेका छन्। हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ। तिनीहरू मलाई भनिरहन्छन्, “परमप्रभुको वचन कहाँ छ? त्यो अब पूरा गरिओस्!” तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्नुहुन्छ कि निराशाको दिनको इच्छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्कन्छ, त्यो तपाईंको सामुन्ने खुला छ। तपाईं मेरो त्रासको कारण नबन्नुहोस्, मेरा विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।
यर्मिया 17:10-17