याकूब 4:3-10
तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ। व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। के तिमीहरू यो सम्झन्छौ, कि पवित्र-धर्मशास्त्रले व्यर्थमा यसो भन्दछ, हामीमा परमेश्वरले राख्नुभएका आत्माको निम्ति उहाँ तीव्र डाह राख्नुहुन्छ, तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार। दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्। प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
याकूब 4:3-10