यशैया 9:6-10
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ। परमप्रभुले याकूबको विरुद्धमा यो सन्देश पठाउनुभएको छ, र त्यो इस्राएलमाथि पर्नेछ। सारा मानिसहरू, अर्थात् एफ्राइम र सामरियाका मानिसहरूले त्यो जान्नेछन्, जसले अहङ्कार र हृदयको घमण्डसित भन्दछन्, “इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।”
यशैया 9:6-10