YouVersion लोगो
खोज आइकन

यशैया 53:3-7

यशैया 53:3-7 - ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।
ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन।

ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं। निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ। ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन।

यशैया 53:3-7

यशैया 53:3-7