कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर। उजाड़-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ। हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्याइनेछ। बाङ्गो-टेढ़ो जग्गा सीधा बनाइनेछ, र खाल्टाखुल्टी समतल बनाइनेछ।