हिब्रू 11:1-4
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो। विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्।
हिब्रू 11:1-4